June 14, 2024

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेल पश्चात टोटेनहम हट्सपर शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा बर्नमाउथलाई पराजित गरेसंगै टोटेनहम शिर्ष स्थानमा उक्लिएको हो।

टोटेनहम बर्नमाउथलाई उसकै घरेलु मैदानमा २-० को गोल अन्तरले पराजित गर्यो। टोटेनहमको जितमा जेम्स म्याडिसन र डेजान कुलुसेभस्की एक-एक गोल गरे। टोटेनहमले पहिलो हाफमा एक तथा दोस्रो आफमा एक गोल गरेको थियो।

खेलको १७औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। उनले पापे साररेको पासमा गोल गर्न सफल भएका थिए। त्यस्तै कुलुसेभस्कीले ६३औं मिनेटमा अग्रता दोब्बर पारे।

उनले ईएनोमा उडोगीको पासमा गोल गरेका थिए। यस जितसंगै टोटेनहम शिर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले तीन खेलबाट ७ अंक जोडेको छ। पराजित बर्नमाउथ तीन खेलमा एक अंक सहित १५औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *