June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा पहिलो जित दर्ता गरेको छ। फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको प्रभावशालि प्रदर्शनमा पिएसजीले सिजनको पहिलो जित हात पारेको हो।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले लेन्सलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। पिएसजीको जितमा एम्बाप्पेले दुई गोल गर्दा यसै समर ट्रान्सफर विन्डोमा पिएसजी आवद्ध भएका मार्को एसेन्सियोले एक गोल गरे।

त्यस्तै पाहुना टोलीका लागि भने एक गोल मोर्गन गिलाभोगुईले गरे। पिएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। लेन्सले सान्त्वना गोल खेलको अन्तिम समयमा थियो।

पहिलो हाफको अन्तिममा पिएसजीले एसेन्सियोको गोलबाट अग्रता लिन सफल भयो। खेलको ५२ औं मिनेटमा एम्बाप्पेले पिएसजीको अग्रता दोब्बर पारे भने खेलको ९० औं मिनेटमा एम्बाप्पेले नै खेलको तेस्रो गोल गरे। निर्धारित ९० मिनेट सकिएपछि थप भएको पाँचौ मिनेटमा लेन्सले एक गोल फर्कायो।

यस जितसंगै पिएसजी लिगको पाँचौ स्थानमा उक्लिएको छ भने लेन्स १५ औं स्थानमा रहेको छ। पिएसजीले लेन्सलाई पराजित गरेपछि दुई बराबरी सहित ५ अंक बनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *