June 25, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडएल सानदार कम्ब्याक गरेको छ। खेलको सुरुवातमै पछि परे पनि युनाइटेडले कम्ब्याक गर्दै नटिङघम फरेस्टलाई पराजित गरेको हो।

शनिबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३-२ को गोल अन्तरले पराजित गर्यो। युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नान्डेसले गोल गर्दा फरेस्टमा लागि ताइवो अवोनियी र विली बोलीले गोल गरे।

पाँच गोल भएको खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो। खेलको ४ मिनेटमै युनाइटेडले दुई गोल बेहोरेको थियो। खेलको दोस्रो मिनेटमा अवोनियी तथा चौंथो मिनेटमा बोलीले गोल गरेका थिए।

युनाइटेडका लागि खेलको १७ औं मिनेटमा एरिक्सनले गोल गरे। खेलको ५२ औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो। सो गोल क्यासेमिरोले गरेका थिए। खेलको ६७ औं मिनेटमा पहिलो टोली १० खेलाडीमा सिमित भयो।

६७ औं मिनेटमा फरेस्टका जो वोरल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। १० खेलाडीमा समेटिएपछि फरेस्टले कम्जोर प्रदर्शन गर्यो। खेलको ७६ औं मिनेटमा युनाइटेडका फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडको जित पक्का गरे।

यस जितसंगै युनाइटेड छैठौं स्थानमा उक्लिएको छ। युनाइटेडले सिजनका तीन खेल मध्ये २ खेलमा जित र एकमा हार सहित ६ अंक बनाएको छ। पराजित फरेस्ट भने लिगको १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *