June 22, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामीले सिजनको छैठौं जित निकालेको छ। आइतबार बिहान न्यूयोर्ग रेड्बुल फुटबल क्लब विरुद्धको खेलमा जित निकाल्दै इन्टर मियामी लिगको अन्तिम स्थानबाट माथि उक्लिएको हो।

मियामीले न्यूयोर्कलाई २-० को गोल अन्तरले पराजित गर्यो। बलमा न्यूयोर्कले बढी नियन्त्रण राखेपनि मियामीले सठीक आक्रमण गर्दै जित आफ्नो पक्षमा निकाल्यो। मियामीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र डिएगो गोमेजले गोल गरे।

मियामीले पहिलो हफामा एक तथा दोस्रो हाफमा एक गोल गरेको थियो। बलमा न्यूयोर्कले ५१ प्रतिशत राख्दा खेलभर कुल १३ प्रहार गरेको थियो। जसमद्ये ४ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्।

मियामीले भने खेलभर मात्रै ६ प्रहार गरेको थियो। त्यसमद्ये ३ प्रहार टार्गेटमा थिए र दुई प्रहार गोलमा परिणत भए। खेलको ३७ औं मिनेटमा डिएगो गोमेजको गोलबाट मियामीले अग्रता लिएको थियो।

पछि वैकल्पिक खेलाडीको रुपमा खेलको ६० औं मिनेटमा मेस्सी मैदान प्रवेश गरे। उनले खेलको अन्तिम समयमा गोल थप्दा मियामीको जित पक्का भयो। उनले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए।

यस जितसंगै मियामी १४ औं स्थानमा उक्लिएको छ। मियामीले सिजनका २३ खेल खेल्दा ६ खेलमा जित निकालेको छ भने १४ खेलमा हार बेहोरेको छ। ३ बराबरी सहित मियामीको २१ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *