June 22, 2024

एजेन्सी – प्रिमियर लिगमा लिभरपुलले सानदार कम्ब्याक गरेको छ। १० खेलाडीमा समेटिएर पनि हार्न लागिसकेको खेलमा लिभरपुलले आइतबार राति सानदार कम्ब्याक गर्न सफल भएको हो।

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार न्यूक्यासल युनाइटेडमाथि अप्रत्याशित जित दर्ता गर्यो। खेलको अन्तिम समयमा लगातार दुई गोल गर्दा न्यूक्यासल माथि लिभरपुलले २-१ को गोल अन्तरको जित निकाल्यो।

न्यूक्यासलको घरेलु मैदानमा लिभरपुल खेलको २५ औं मिनेटमा पछि परेको थियो। एन्थोनी गोर्डनले ट्रेन्ट एलेक्जेन्डर आर्नल्डको गल्तीको फाइदा उठाउँफै गोल गरेका थिए। त्यसको केहि मिनेट नबित्दै लिभरपुल १० खेलाडीमा समेटियो।

खेलको २८ औं मिनेटमा कप्तान भान डाइक रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। पेनाल्टी क्षेत्रको ठिक बाहिर एलेक्जेन्डर इसाकलाई लडाएका कारण उनलाई रेड कार्ड दिइएको थियो।

त्यसपछि न्यूक्यासलले लिभरपुललाई निरन्तर दबाबमा राख्यो। तर थप गोल गर्न भने सकेन। खेलको ८२ औं मिनेटमा सानदार गोल गर्दै बेन्चबाट आएका डार्विन नुनेजले बराबरी गोल गरे। उनी ९० मिनेट पछि थप भएको तेस्रो मिनेटमा अर्को गोल गर्दै नुनेजले नै लिभरपुलको जित पक्का गरे।

यस जितसंगै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। सिजनका ३ खेल मध्ये २ मा जित र एकमा बराबरी सहित लिभरपुलले ७ अंक बनाएको छ। पराजित न्यूक्यासल ३ अंक सहित १३ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *