June 14, 2024

एजेन्सी – लालिगाको नयाँ सिजनको तेस्रो खेलमा बार्सिलोनाले भिल्लारियलको सामना गर्यो। खेलको सुरुवातमै अग्रता लिएपनि बार्सिलोनाले सो अग्रता जोगाउन सकेन। खेलमा दुई गोलको सुरुवाती अग्रता गुमाउँदै बार्सिलोना खेलको ५० औं मिनेटमा ३-२ ले पछि परेको थियो।

तर बार्सिलोनाले सो अवस्था उल्ट्याउँदै सानदार कम्ब्याक गर्यो। बार्सिलोनाको कम्ब्याकमा लामिन यामलले महत्वपूर्ण भूमिका निभाए। मात्र १६ वर्षका उनले भिल्लारियल विरुद्धको खेलमा एक असिस्ट दिएका थिए भने एक गोलका लागि माहोल बनाएका थिए।

खेलको १२ औं मिनेटमा बार्सिलोनाको पहिलो गोलका लागि यामलले नै असिस्ट दिएका थिए। त्यस्तै खेलको ७१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको निर्णायक गोलमा पनि यामलको भूमिका थियो।

यामलले गरेको प्रहार पोस्टमा लागेर लेवानडोस्की सामू पुगेपछि लेवानडोस्कीले त्यसलाई गोलमा परिणत गरेका थिए। यसरी बार्सिलोनाको कम्ब्याकमा महत्वपूर्ण भूमिका निभाएका यामल म्यान अफ द म्याच समेत घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *