June 22, 2024

एजेन्सी – आगामी साताबाट युरो २०२४ को क्वालिफायर अन्तर्गतका खेलहरु सुरु हुँदैछन्। अल नासर स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगल युरो छनोटको समूह ‘जे’मा रहेको छ।

सो समूहमा पोर्चुगलका अलावा स्लोभाकिया, लक्जमबर्ग, बोस्निया, आइसल्याण्ड, लिकटेन्स्टाइन रहेका छन्। पोर्चुगल समूह विजेता बन्दै अगाडी बढ्ने योजनामा हुनेछ।

युरो छनोट अन्तर्गतको पहिलो खेलमा पोर्चुगलले स्लोभाकियाको सामना गर्नेछ। पहिलो खेल स्लोभाकियाको घरेलु मैदानमा हुनेछ भने सो खेल सेप्टेम्बर ९ मा हुनेछ।

पोर्चुगलबाट रोनाल्डो पनि खेल्ने हुँदा सो खेलका टिकेट बिक्री भइसकेका छन्। स्लोभाकिया र पोर्चुगल बीचको खेलका टिकेट ३८ मिनेटमै बिक्री भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *