June 25, 2024

एजेन्सी – साउदी क्लब अल इत्तिहाद जसरी हुन्छ लिभरपुलका स्टार मोहम्मद सलाहलाई भित्र्यएरै छाड्ने योजनामा देखिएको छ। सलाहलाई भित्र्याउन इत्तिहाद जुन हद सम्म पनि जान तयार भएको रिपोर्टहरु निरन्तर आइरहेका छन्।

केहि खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने इत्तिहादले सलाह भित्र्याउन ट्रान्सफर रकम बढाएको छ। यस अगाडी १ सय मिलियन युरो तिर्न तयार रहेको इत्तिहाद अब सलाहका लागि १ सय ५० मिलियन युरो भन्दा पनि बढी ट्रान्सफर रकम तिर्न तयार भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

सीबीएस स्पोर्ट्सका अनुसार अल इत्तिहाद सालाहको मेगा अफरको तयारी गरिरहेको छ। सलाहका लागि अल इत्तिहाद साउदी प्रो लिगको ट्रान्सफर रेकर्ड ब्रेक गर्न तयार रहेको सीबीएस स्पोर्ट्सको दावी छ।

त्यति मात्र होइन अल इत्तिहाद सलाहलाई लिगकै सबै भन्दा बढी परिश्रमी लिने खेलाडी बनाउन पनि तयार छ। यसको अर्थ इत्तिहाद सलाहलाई अल नासरका क्रिस्टियानो रोनाल्डोले पाउँदै आएको भन्दा बढी बढी पारिश्रमिक प्याकेज अफर गर्ने योजनामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *