June 17, 2024

एजेन्सी – मेजर सकर लिग आइकन जिमी कोनराडले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा खुशी हुन नसकेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी इन्टर मियामीमा भने धेरै खुशी देखिएको बताएका छन्।

स्पोर्टिङ कन्सास सिटीका पूर्व खेलाडी कोनराडले एक पोडकास्टका क्रममा मेस्सी मियामीमा धेरै खुशी देखिएको बताएका हुन्। मियामी आएपछि मेस्सीको मुहारमा मुस्कान फिर्ता आएको कोनराडले बताए।

“अहिले मेस्सीको मुहारमा मुस्कान फिर्ता आएको छ। उनी यहाँ धेरै रमाइरहेको देखिन्छन्। म बताउन सक्दिन एक खेलाडीका लागि सन्तुष्ट हुनु र खुशी हुनु कति महत्वपूर्ण हुन्छ।”,कोनराडले भने।

कोनराडले पिएसजीमा नेयमार र किलियन एम्बाप्पे जस्ता स्टार खेलाडीको साथले पनि मेस्सीलाई खुशी दिन नसकेको बताए। स्टार खेलाडीको साथ पाउँदैमा खुशी मिल्छ भन्ने नरहेको उनको भनाई छ।

कोनराडले भने,”पेरिसमा उनी दुखि देखिन्थे। उनी एम्बाप्पे र नेयमारसँग खेलिरहेका थिए र पनि दुखि थिए। हो उनी उत्कृष्ट खेलाडीहरुले घेरिएका थिए, तर यसले खुशीको ग्यारेन्टी गर्दैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *