June 14, 2024

एजेन्सी – साउदी क्लब अल नासरले आज राति अल शबाबको सामना गर्दैछ। सिजनको चौंथो तथा दोस्रो होम गेममा अल नासरले अल शबाबको सामना गर्न लागेको हो।

आज हुने खेलमा अल नासर पछिल्लो खेलको उच्च लयलाई जारी राख्ने योजनामा हुनेछ। पछिल्लो खेलमा अल नासरले अल फतेह विरुद्ध गोलवर्षा गरेको थियो। सो खेलमा अल नासर ५-० को गोल अन्तरले विजयी भएको थियो।

अल फतेह विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गर्दा साडियो मानेले दुई गोल गरेका थिए। पक्कै पनि अल नासर अल शबाब विरुद्ध उच्च प्रदर्शन गर्दै जित निकाल्ने प्रयासमा हुनेछ।

अल नासर र अल शबाब विरुद्ध अरब क्लब कपको समूह चरणमा भेट भएको थियो। सो खेल बराबरी टुंगिएको थियो। गत सिजन साउदी प्रो लिगमा भेट हुँदा एक खेल अल नासरले जितेको थियो भने एक खेल बराबरीमी टुंगिएको थियो।

अल नासर र अल शबाब बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। सो खेल भारतीय खेल च्यानल सोनी टेन १ एचडीमा प्रतक्ष्य हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *