June 16, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारको स्थान लिने खेलाडी भित्र्याउने पेरिस सेन्ट जर्मेन(पिएसजी)को योजनामा धक्का लागेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारको स्थानमा रान्डल कोलो मुआनी भित्र्याउने पिएसजीको योजनामा धक्का लागेको हो।

पिएसजीएले नेयमारको स्थानमा जर्मन क्लब इन्ट्राक्ट फ्रान्कफर्टका इन्ट्राक्ट फ्रान्कफर्टलाई भित्र्याउने चाहेको छ। पिएसजीले उनका लागि आधिकारिक प्रस्ताव पठाएपनि फ्रान्कफर्टले सो प्रस्ताव अस्विकार गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

स्काई स्पोर्ट्सका अनुसार पिएसजीले ७० मिलियन युरोका अलावा १० मिलियन युरो थप एड-अन सहितको प्रस्ताव पठाएपनि फ्रान्कफर्टले सो प्रस्ताव रिजेक्ट गरेको छ।

फ्रान्कफर्ट १ सय मिलियन युरो भन्दा कम रकममा मुआनीलाई बिक्री नगर्ने योजनामा रहेको बताइएको छ। मुआनीको विषयमा अब पिएसजी र फ्रान्कफर्ट बीच थप संवाद हुनेछ। दुवै क्लब समर ट्रान्सफर विन्डो बन्द हुनु अगाडी नै सहमति निकाल्ने प्रयासमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *