June 22, 2024

एजेन्सी – पूर्व प्रशिक्षक समेत रहिसकेका पूर्व प्रिमियर लिग खेलाडी क्रिस सटनको दावीलाई मान्ने हो भने अमेरिकी लिग मेजर सकर लिगमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको प्रभाव लामो समय नटिक्ने बताएका छन्।

एक कुराकानीका क्रममा सटनले एमएलएसमा मेस्सीको प्रभाव लामो समय सम्म नटिक्ने दावी गरेका हुन्। मेल स्पोर्टको पोडकास्टमा आफ्नो धारणा राख्दै मेस्सीले पारेको प्रभाव लामो समय सम्म टिक्दैन भन्ने कुरा लिगले बुझ्नु पर्ने बताए।

मेस्सीका कारण लिगको स्तरमा केहि सुधार हुने भएपनि केहि समय पछि अमेरिकी लिग पूरानै अवस्थामा फिर्ता हुने उनको भनाई छ। उनका अनुसार पछि अमेरिकी लिग पुनः उमेर ढल्केका खेलाडीहरुको विश्राम लिग बन्नेछ।

“मलाई लाग्दैन कि मेस्सीको प्रभाव लिगमा लामो समय सम्म टिक्नेछ। यो पक्कै पनि छोटो समयका लागि हुनेछ। त्यसपछि लिग पूरानै अवस्थामा फर्किनेछ। पहिलाको जस्तै पाका खेलाडीहरु आराम गर्न जाने लिग बन्नेछ। युरोपेली खेलाडीहरू जो आफ्नो क्यारियरको अन्त्यमा परिवारसँग जीवन शैलीको लागि अमेरिका जान चाहन्छन्, तीनीहरुको लागि यो लिग हुनेछ।”,सटनले भने।

मेस्सीले साउदी अरेबियाबाट आएको मेगा अफरलाई अस्विकार गर्दै अमेरिका जाने निर्णय गरेका थिए। मेस्सीले गत महिना मात्रै मेजर सकर लिग इन्टर मियामीसंग सम्झौता गरेका हुन्। मेस्सी पुगेपछि अमेरिकी फुटबलले पूरा विश्वको ध्यान तानेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *