June 22, 2024

एजेन्सी- बार्सिलोनाका युवा स्टार अन्सु फाती भित्र्याउने दौडमा प्रिमियर लिगका दुई क्लब देखिएका छन्। समर ट्रान्सफर विन्डो बन्द हुनै लाग्दा प्रिमियर लिगक दुई क्लब फाती भित्र्याउने दौडमा देखिएका हुन्।

फाती भित्र्याउने दौडमा प्रिमियर लिग क्लब चेल्सी र टोटनह्याम देखिएको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले जनाएका छन्। रोमानोका अनुसार दुवै क्लबले फातीलाई भित्र्याउन चाहेका छन्।

टोटनह्यामले फातीको विषयमा जानकारी लिन बार्सिलोनालाई सम्पर्क गरेको बताइएको छ। साथै गत साता चेल्सीलाई फाती अफर गरिएको पनि रोमानोले जनाएका छन्।

स्पेनिस स्पोर्ट्स रेडियो कोपले रिपोर्ट गरेको छ कि फाती पनि बार्सिलोना छाडेर नयाँ चुनौतीका लागि जान तयार छन्। चोटका कारण पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकेका उनी खेल्ने समय पाउनको लागि नयाँ क्लब जान इच्छुक रहेका छन्।

बार्सिलोनाले आर्थिक समस्याका कारण पनि फातीलाई बिक्री गर्न चाहेको छ। ट्रान्सफर विन्डो बन्द हुनु भन्दा अगाडी नै फातीको ट्रान्सफर फत्ते गर्ने गरी बार्सिलोना अगाडी बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *