June 17, 2024

काठमाडौँ – एसिया कप क्रिकेट प्रतियोगिता बुधबारबाट शुरु हुन गइरहेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको सामना गर्नेछ। खेल पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: ४५ देखि सुरु हुनेछ।

विश्वको नम्बर एक क्रिकेट टोली विरुद्ध नेपाल राम्रो प्रदर्शन गर्ने योजनामा हुनेछ। नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। पहिलो खेलमै राम्रो छाप छोड्ने नेपालको योजना छ।

पाकिस्तान विरुद्ध खेल्दा नेपालले विभिन्न रेकर्ड पनि बनाउने छ। पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको छ र शीर्ष स्थानको टोलीसंग नेपालको यो पहिलो खेल हुनेछ। नेपालले अहिले सम्म एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको कुनै पनि टोलीको सामना गरेको थिएन।

नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग खेल्न लागेको यो पहिलो पटक हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्ष पछि नेपालले पहिलो पटक पाकिस्तानसंग खेल्ने अवसर पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *