June 16, 2024

काठमाडौँ – एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको सामना गर्दैछ। नेपालले एसिया कपको पहिलो खेलमा पाकिस्तानको सामना गर्न लागेको हो।

नेपालले पाकिस्तानको सामना गर्दा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान बन्नेछन्। रोहित २० वर्षको उमेरमै एसिया कपमा कप्तानी गर्न गइरहेका हुन्। आज पाकिस्तान विरुद्ध खेल्दा कप्तान पौडेलको उमेर २० वर्ष ११ महिना र २८ दिन हुनेछ।

यसैबीच पाकिस्तानको सामना गर्नु अगाडी रोहितले पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्। खेल अगाडीको पत्रकार सम्मेलनमा रोहितले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका हुन्।

“हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो ठूलो उपलब्धी हो । विशेषगरी नेपालको लागि यो सब पहिलो पटक हो । पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं । भारतसँग पनि । हो हामी यहाँ आउन योग्य थियौं र त्यसैले यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने छौं”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *