June 22, 2024

काठमाडौँ – एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको सामना गर्दैछ। नेपालले एसिया कपको पहिलो खेलमा पाकिस्तानको सामना गर्न लागेको हो।

नेपालले पाकिस्तानको सामना गर्दाको खेल नेपालका स्टार बलर सन्दीप लामिछानेका लागि महत्वपूर्ण हुनेछ। पाकिस्तान विरुद्धको खेल लामिछानेका लागि एकदिवसीय करियरमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ।

पाकिस्तान विरुद्ध लामिछाने एकदिवसीय करियरको ५०औं खेल खेल्नेछन्। सन्दीपले अहिले सम्म नेपालका लागि ४९ एकदिवसीय खेल खेलेका छन्। जसमा उनले १ सय ११ विकेट लिसकेका छन्।

नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा बढी खेल वर्तमान कप्तान रोहित पौडेलले खेलेका छन्। उनले ५२ एकदिवसीय खेल खेलिसकेका छन्। त्यस्तै दिपेन्द्र सिंह ऐरिले २० एकदिवसीय खेल खेलेका छन्। आज पाकिस्तान विरुद्ध खेल्दा लामिछाने नेपालबाट ५० एकदिवसीय क्रिकेट खेल्ने तेस्रो खेलाडी बन्नेछन्।

लामिछाने एकदिवसीय क्रिकेटमा नेपालका लागि सबै भन्दा बढी विकेट लिने खेलाडी पनि हुन्। एसिया कपमा लामिछाने पक्कै आफ्नो विकेट संख्या बढाउने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *