June 16, 2024

काठमाडौँ – एसिया कप अन्तर्गतको पहिलो खेलमा पाकिस्तान विरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ। टस हारेर बलिङको निम्तो पाएको नेपालले पहिलो सफलता हात पारेको हो।

नेपालका लागि पहिलो विकेट कारण केसीले दिलाए। छैठौ ओभरको तेसो बलमा केसीले फखर जमानलाई क्याच आउट गराए। केसीको बलमा फखर जमानले गरेको प्रहारलाई नेपालका आसिफ शेखले क्याच गरे।

नेपालको प्लेइङ-११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *