June 14, 2024

काठमाडौँ – नेपालले एसिया कपमा घरेलु टोली विरुद्धको खेलमा तेस्रो विकेट लिन सफल भएको छ। मुल्तान रंगशालामा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालले तेस्रो सफलता हाँसिल गरेको हो।

२४ औं ओभरको चौंथो बलमा लामिछानेले गरेको बलिङमा मोहम्मद रिजवान रनआउट भए। सन्दीपले गरेको २४औं ओभरको चौथो बलमा रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे।

यस अगाडी नेपालले दुई विजेता लिसकेको छ। तीव्र गतिका बलर करण केसीको छैटौं ओभरको तेस्रो बलमा एज लागेर ओपनर फखार जमान विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट हुन पुगे।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरे। यति बेला पाकिस्तानले २६ औं ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय २० रन बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *