June 16, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर एसिया कप क्रिकेटमा नेपालका लागि चौंथो विकेट लिएका छन्। लामिछानेले २८ औं ओभरको पाँचौं बलमा सलमान अघाको विकेट लिएका हुन्।

सन्दीपको २८ औं ओभरको पाँचौं बलमा रिभरस्वीप सट खेल्ने प्रयास गर्दा सलमान अघा आउट हुन पुगे। उनी कुशल भुर्तेलबाट ५ रनमा क्याच आउट भएका हुन्। एसिया कपमा लामिछानेको यो पहिलो विकेट हो।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाएका थिए। छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भएका थिए। उनले १४ रन बनाएका थिए।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा नेपालका लागि दोस्रो विकेट लिएका थिए। उनले इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए। दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा मोहम्मद रिजवान आउट हुन नेपालले तेस्रो सफलता पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *