June 14, 2024

काठमाडौँ – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ओडिआई क्रिकेटमा खराब रेकर्ड बनाएका छन्। एसिया कपको पहिलो खेलमा पाकिस्तान विरुद्ध बलिङ गर्दा सोमपालले अत्याधिक रन खर्चिंदै खराब रेकर्ड बनाएका हुन्।

पाकिस्तान विरुद्ध सोमपालले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए। यससंगै सोमपाल एकै एकदिवसीय क्रिकेट खेलमा सबै भन्दा बढी रन खर्च गर्ने खेलाडी बेनका छन्।

उनले पाकिस्तान विरुद्धको खेलमा आफ्नै रेकर्ड तोडे। सोमपालले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ९ ओभरमा ८१ रन खर्चिएर २ विकेट लिएका थिए। त्यस्तै करण केसीले वेस्टइन्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिएका थिए।

तर अब एकै खेलमा सबै भन्दा बढी रन खर्च गर्ने खेलाडी सोमपाल भएका छन्। मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो।

पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रन बनाएका। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १ सय ४ रनमै अल आउट भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *