June 17, 2024

काठमाडौँ – बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको सामना गर्यो। एकदिवसीय क्रिकेटको विश्व वरियताको शिर्ष स्थानमा रहेको पाकिस्तान विरुद्ध नेपालका ब्याट्सम्यानहरु धेरै नै कम्जोर देखिए।

नेपाल पाकिस्तान विरुद्धको खेलमा सास्तैमा समेटिन पुग्यो। जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमै अल आउट भयो।

नेपालका लागि तीन खेलाडी बाहेक अन्यले दोहोरो अंक नै बनाउन सकेनन्। नेपालका लागि मात्र तीन खेलाडीले १० रन कटाएका थिए। आरिफ शेख, सोमपाल कामी र गुलसन झाले मात्र पाकिस्तान विरुद्धको खेलमा १० रन कटाएका थिए।

त्यसबाहेकका सबै खेलाडी १० भन्दा कम रनमै समेटिए। पाकिस्तान विरुद्ध ब्याटिङ गर्न नसक्दा नेपालले इतिहाँसकै सबै भन्दा ठूलो हार बेहोर्न पुग्यो। नेपालले पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित हुँदा एक खराब रेकर्ड पनि बन्यो। यो हार नेपालको एकदिवसीय क्रिकेटकै लज्जास्पद हार हो। यति फराकिलो अन्तरले नेपालले कहिल्यै हार बेहोर्न परेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *