June 22, 2024

एजेन्सी – मंगलबार राति साउदी क्लब अल नासरले साउदी प्रो लिगको चौंथो खेलमा अल शबाबको सामना गर्यो। निरन्तर गोलवर्षा गर्दै अल नासरले अल शबाबलाई ४-० गोल अन्तरले पराजित गर्यो।

अल शबाब विरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने साडियो माने र सुल्तान अल घन्नमले एकएक गोल गरे। रोनाल्डोले मानेको गोलका लागि असिस्ट पनि दिएका थिए।

अल शबाब विरुद्ध रोनाल्डोले गरेका दुई गोल पेनाल्टीमा आएका थिए। रोनाल्डोले खेलको १३ औं र ३८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। पहिलो गोल पछि पश्चात रोनाल्डोले नौलो सेलेब्रेसन गरे।

रोनाल्डोले खेलको १३ औं मिनेटमा गोल गरेपछि आफ्नो ट्रेडमार्क सेलेब्रेसन नगरी नौलो सेलेब्रेसन गरेका हुन्। रोनाल्डोले आफ्नो व्यक्तिगत सेलेब्रेसनको सट्टा परम्परागत साउदी नृत्य प्रदर्शन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *