June 25, 2024

काठमाडौँ – एसिया कपको उद्धघाटन खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसंग पराजित भयो। घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो।

यो नेपालले एकदिवसीय क्रिकेटमा भोगेको सबै भन्दा ठूलो हार हो। जितका लागि ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रन मात्र बनाएर अल आउट भयो।

किन हार्यो त नेपाल ? यी हुन् पाँच कारण –

अधैर्यता

नेपालका तीन ब्याट्सम्यानले भन्दा अरुले दोहोरो अंक जोड्न सकेनन्। सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए। त्यस्तै आरिफ शेखले ३८ बलमा २६ रन बनाए। गोलसन झाले २३ बलमा १३ रन जोडे। त्यसबाहेकका कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

सोमपाल र आरिफ बाहेकका अन्य ब्याट्सम्यानले धैर्यता पूर्वक खेल्न सकेनन्। ठूला शत खेल्ने धुनमा नेपाली ब्याट्सम्यानहरु आउट हुन पुगेका थिए। आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुलशान झाले क्रिजमा केहि धैर्यता देखाएको भए नेपालले केहि थप रन बनाउन सक्थ्यो।

बाबरलाई जीवनदान

पाकिस्तानका लागि सबै भन्दा बढी रन आजमले नै बनाए। बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले।

बाबरले व्यक्तिगत ५५ रन बनाएको अवस्थामा जीवन दान पाएका थिए। २९ औं ओभर चल्दै गर्दा उनले जीवन दान पाएका हुन्। नेपालका कारण केसी कट एण्ड बोल्ड आउट गर्ने अवसरमा चुक्दा बाबरको विकेट बचेको थियो।

जीवन दान पाएपछि उनले नेपाली बलरहरुलाई निरन्तर दबाबमा राखे। जीवन दान पाएपछि मात्र उनले लगभग १ सय रन बनाए। त्यसबेला उनी आउट भएको भए खेल छुट्टै लयमा अगाडी बढ्न सक्थ्यो।

कमजोर फिल्डिङ

नेपालले पाकिस्तान विरुद्धको खेलमा त्यति राम्रो फिल्डिङ गर्न सकेन। फिल्डिङमा धेरै त्रुटी देखिएका थिए। नेपाली खेलाडीहरुले विभिन्न अवसरमा पाकिस्तानी खेलाडीहरुको क्याच छोड्न पुगेका थिए।

खेलको सुरुमै इमाम उल हकको क्याच प्वाइन्टमा आरिफ शेख चुकेका थिए। २९ औं ओभरमा बाबरले पनि कम्जोर फिल्डिङकै कारण जीवन दान पाएका थिए। कसिलो फिल्डिङ गर्न सकेको भए नतिजा फरक हुन सक्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *