June 14, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडि शक्ति गौचन श्रीलंका प्रस्थान गरेका छन्। नेपाली क्रिकेटका लेजेण्ड गौचन एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गरेको हेर्न श्रीलंका तर्फ लागेका हुन्।

गौचल बिहिबार श्रीमतीसहित श्रीलंका उडेका छन्। नेपाल र भारत बीचको खेल हेर्न आफू श्रीलंका उडेको जानकारी उनले सामाजिक संजाल मार्फत गरेका छन्। उनले सामाजिक संजालमा दुई तस्विर पनि राखेका छन्।

“नेपाली टोलीलाई चियर गर्न श्रीलंकातर्फ लागियो”,गौचनले सामाजिक संजालमा लेखेका छन्। गौचनले डेढ दशकभन्दा बढी नेपालको राष्ट्रिय टोलीबाट खेलेका छन्। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तीदेखि टी–२० विश्वकप सहभागितासम्ममा उनको महत्वपूर्ण भूमिका थियो।

नेपाली क्रिकेटको प्रगतिलाई नजिकबाट देखेका उनी अहिले भैरहवामा एकेडेमी चलाइरहेका छन्। एसिया कपमा सहभागी नेपाली टोलीमा रहेका कुशल मल्ल उनकै एकेडेमीका उत्पादन हुन्।

नेपालले एसिया कपको दोस्रो खेलमा भारतको सामना गर्दैछ। नेपाल र भारत बीचको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ। बुधबार पाकिस्तानसँग पराजित भएको नेपाल श्रीलंका पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *