June 25, 2024

काठमाडौँ – एसिया कपको पहिलो खेलमा नेपालको राष्ट्रिय टोलीले पाकिस्तानको सामना गर्यो। एकदिवसीय विश्ववरियताको शिर्ष स्थानमा रहेको पाकिस्तान र नेपाल बीचको खेलमा पूरा नेपालको ध्यान थियो।

क्रिकेटका पारखी मात्र नभई क्रिकेटमा खासै चासो नराख्ने नेपालीले पनि सो खेल हेरे। नेपाल र पाकिस्तान बीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिकाले त विद्यालयहरुलाई दिउँसोबाट बिदा नै दियो।

सामुदायिक विद्यालयका शिक्षक, संस्थागत विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सनसहितको बैठकले बुधबार दिउँसो २ बजेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरुमा बिदा दिइएको हो।

नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन तथा खेलप्रति विद्यार्थीको भावना भावना जगाउन बिदा दिइएको मेयर मनोजकुमार साहले बताए। विद्यार्थीमा पनि खेलकुदप्रति रुचि बढोस् भन्ने उद्देश्यले २ बजेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ।

जनकपुरधामका विभिन्न चोकमा प्रोजेक्टर राखेर नेपाल र पाकिस्तान बीचको खेलको प्रशारण गरिएको थियो। त्यहाँका सिनेमा हालमा पनि खेलको प्रशारण गरिएको थियो।

बुधबार नेपाल पाकिस्तानसंग ठूलो रन अन्तरले पराजित भएको थियो। एसिया कपको दोस्रो खेलका लागि नेपालको राष्ट्रिय टोली श्रीलंका पुगिसकेको छ। अब नेपालले भारतको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *