June 14, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी इन्टर मियामी पुगेपछि अमेरिकी मेजर सकर लिग(एमएलएस)ले केहि नियमहरुमा परिवर्तनको तयारी थालेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार मेजर सकर लिगले केहि नियमहरु परिवर्तन गर्ने तयारी गरेको हो।

फिफाको अन्तर्राष्ट्रिय विन्डोजमा पनि एमएलएसले घरेलु लिगका प्रतियोगिताहरुलाई निरन्तरता दिने गर्छ। जसकारण राष्ट्रिय टोलीको ड्यूटीका लागि खटिनु पर्ने खेलाडीहरु समस्यामा पर्ने गरेका छन्।

तर अब एमएलएसले सो नियमलाई परिवर्तन गर्न सक्छ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको आगमन पश्चात एमएलएस सो नियम परिवर्तन गर्ने सोचमा पुगेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

स्पेनिस पत्रिका मार्काका अनुसार विशेष गरी लियोनेल मेस्सी जस्ता एलिट खेलाडीहरूको लिगमा बढ्दो उपस्थितिका कारण नियम परिवर्तन गर्ने तरखरमा एमएलएस पुगेको छ।

मियामीका प्रशिक्षक टाटा मार्टिनोले पनि केहि समय अगाडी आसन्न सिजनबाट यो नियममा परिवर्तन हुन सक्ने गर्न सक्ने बताएका थिए। उनले भनेका थिए,”यो विषयमा विश्लेषण भइरहेको छ। अर्को वर्षका लागि यी नियमहरुमा परिवर्तन सम्भव छ।”

अर्जेन्टिनाले आगामी इन्टरनेसनल ब्रेकमा विश्वकप छनोट खेल्दैछ। विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडर र बोलिभियाको सामना गर्दैछ। दुई खेलका लागि मेस्सी अर्जेन्टिना फर्किनेछन्। सोहि समयमा मियामीले मेजर सकर लिग अन्तर्गतका खेलहरु खेल्नेछ। जसकारण मेस्सी मियामीका लागि खेल्न सक्ने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *