June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगको नयाँ सिजनको पहिलो महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन्। रोनाल्डोलाई साउदी प्रो लिगले अगस्त महिनाको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

साउदी प्रो लिगले बिहिबार रोनाल्डोलाई अगस्त महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो महिनामा उच्च प्रदर्शन गरे।

अल नासरका लागि सिजनको पहिलो खेल गुमाएपनि अन्य तीन खेल भने रोनाल्डोले छुटाएनन्। तीन मद्ये २ खेलमा रोनाल्डो गोल गर्न सफल भए। रोनाल्डोले मंगलबार राति सम्पन्न खेलमा दुई गोल गरे।

त्यस भन्दा अगाडीको खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए। रोनाल्डो अहिले साउदी प्रो लिगको शिर्ष गोलकर्ता पनि रहेका छन्। रोनाल्डोले साउदी प्रो लिगको गोल्डेन बुटमा अहिले देखि नै धावा बोलिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *