June 25, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियनस लिगमा सबै भन्दा बढी कठीन समूहमा परेको छ। बिहिबार सम्पन्न च्याम्पियन्स लिगको ड्र अनुसार पिएसजी सबै भन्दा कठिन समूहमा परेको हो।

पिएसजी जर्मन क्लब बोरुसिया डर्टमण्ड, इटालियन क्लब एसी मिलान र प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड जस्ता राम्रा क्लब भएको समूह ‘एफ’मा परेको छ। अन्य समूह भन्दा यो समूहमा बलिया टोलीहरु छन्।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र जर्मन च्याम्पियन बायर्न म्युनिख बीच च्याम्पियन्स लिगको समूहचरणमै भेट हुने भएको छ। बिहिबार सम्पन्न च्याम्पियन्स लिगको समूहचरणको ड्र अनुसार युनाइटेड र बायर्न एकै समूहमा परेका हुन्। बायर्न र युनाइटेड समूह ‘ए’मा रहनेछन्। सो समूहमा कोपेनहेगन र गालतासराय पनि रहनेछन्।

कुन समूहमा को-को ?

समूह ‘ए’
बायर्न म्युनिख
म्यानचेस्टर युनाइटेड
एफ.सि. कोपनहेगन
गालातासाराय

समूह ‘बी’
सेभिल्ला
आर्सनल
पि.एस.भी आइन्ढोभन
आर.सि. लेन्स

समूह ‘सी’
नापोली
रियल म्याड्रिड
एस.सि. ब्रागा
युनियन बर्लिन

समूह ‘डी’
बेन्फिका
इन्टर मिलान
आर। बि। साल्सबर्ग
रियल सोसेईडाड

समूह ‘ई’
फेयनूर्ड
एटलेटिको म्याड्रिड
एस.एस. लाजियो
सेल्टिक

समूह ‘एफ’

प्यारिस सेन्ट जर्मान (पि.एस.जी)
बोरुस्सिया डोर्टमुन्ड
ए।सि। मिलान
न्यूक्यासल युनाइटेड

समूह (जी)
म्यानचेस्टर सिटी
आर.बी. लाइपजिग
रेड स्टार बेलग्रेड
योङ्ग ब्वाइज

समूह ‘एच’
बार्सिलोना
एफ. सि. पोर्टो
शक्तर डोनेत्सक
रोयल एन्टवर्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *