June 22, 2024

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्ड युइएफए मेन्स प्लेयर अफ द अवार्ड जितेका छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका हालाण्डले सन् २०२२-२३ को सिजनमा गरेको उच्च प्रदर्शनका आधारमा युइएफए मेन्स प्लेयर अफ द अवार्ड जितेका हुन्।

सो अवार्ड जित्नेक्रममा हालाण्डले सिटीकै केभिन डी ब्रुएना र पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व खेलाडी(हाल इन्टर मियामी)का लियोनेल मेस्सीलाई पछि पारे। हालाण्डले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए।

सन् २०२२-२३ को सिजनमा हालाण्डले च्याम्पियन्स लिगका ११ खेलमा १२ गोल गरेका थिए भने एक असिस्ट दिएका थिए। हालाण्डले प्रिमियर लिगमा पनि उच्च प्रदर्शन गरेका थिए।

प्रिमियर लिगका कुल ३५ खेलमा उनले ३६ गोल गरेका थिए। गत सिजन उनले प्रिमियर लिगमा कुल ८ असिस्ट पनि दिएका थिए। गत सिजन सिटीले ट्रेबल जित्दा हालाण्डले महत्वपूर्ण भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *