June 17, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्।

नेयमारले एक दिन आफूले पनि ब्राजिलसंग विश्वकप जित्ने आशा व्यक्त गरे। अन्तर्वार्ताका क्रममा नेयमारले विश्वकप उपाधि नहुँदैमा आफ्नो गुणस्तर कम हुन्छ भन्ने नरहेको बताउन नेयमारले छुटाएनन्।

“मलाई आशा छ कि एक दिन मैले मेरो सबैभन्दा ठूलो सपना पूरा गर्न सक्छु, जुन विश्व कप हो। तर हिलेकाहीँ त्यो हुँदैन। हामीसँग ब्राजिलमा एक जना खेलाडी छन् जो एक शीर्ष आइडल हुन्, देशको इतिहासमा सबैभन्दा ठूलो नाम मध्ये एक हुन्। उनको नाम जिको हो। उनीसँग विश्वकप छैन। विश्वकप उपाधि नहुँदैमा उनको गुणस्तरमा असर गर्छ जस्तो लाग्दैन।”,नेयमारले भने।

नेयमारले हालसम्म ब्राजिलबाट तीनवटा विश्वकप खेलिसकेका छन् । तर नेयमार सहभागी तीनै विश्वकोमा ब्राजिल प्रत्येक पटक प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *