June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दुवैले युरोप छाडिसकेका छन्। लामो समय पछि युइएफए च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डो दुवै हुने छैनन्।

मेस्सीले सन् २००४ मा च्याम्पियन्स लिग डेब्यु गरेका थिए भने रोनाल्डोले सन् २००३ मा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए। रोनाल्डोले युरोपमा रहेर क्लब फुटबल खेल्दा पाँच पटक च्याम्पियन्स लिग जित्दा मेस्सीले ३ पटक जिते। युरोपमा लामो फुटबलर करियर बिताएका दुवैले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्ने गर्थे।

मेस्सी र रोनाल्डो बीच च्याम्पियन्स लिगको शिर्ष गोलकर्ता बन्ने विषयमा समेत प्रतिष्पर्धा थियो। मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगको इतिहाँसमा सबै भन्दा बढी गोल गर्ने टप दुई खेलाडीको को रुपमा रहेका छन्।

च्याम्पियन्स लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रुपमा रहेका रोनाल्डोले कुल १ सय ४० गोल गरेका छन्। म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता क्लबबाट च्याम्पियन्स लिग फुटबल खेल्दा रोनाल्डोले १ सय ४० गोल गरेका थिए।

च्याम्पियन्स लिग गोलको मामलामा मेस्सी मात्र ११ गोलले पछि छन्। उनले बार्सिलोना र पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट च्याम्पियन्स लिग खेल्दा १ सय २९ गोल गर्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *