June 25, 2024

एजेन्सी – युरोपियन फुटबल फेडेरेसन (युइएफए)का अध्यक्ष एलेक्सान्डर सेफेरिनले साउदी प्रो लिगले युरोपलाई टक्कर दिन नसक्ने दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा सेफेरिनले युरोपलाई साउदी लिगबाट कुनै खतरा नरहेको दावी गरेका हुन्।

अन्तर्वार्ताका क्रममा उनले चीनको उदाहरण दिँदै साउदी लिगको पनि चीनको जस्तै हालत हुन सक्ने संकेत गरे। करियरको अन्त्यमा रहेका खेलाडीहरुलाई उच्च पारिश्रमिक दिएर लिगमा भित्र्याउँदैमा फुटबलको बिकास हुन्छ भन्ने नरहेको उनको भनाई छ।

“यो कुनै खतरा हो जस्तो मलाई लाग्दैन। हामीले चीनमा के भयो देखिसकेका छौँ। करियरको अन्त्यमा रहेका खेलाडीहरूलाई धेरै पैसा दिएर किने पनि चिनियाँ फुटबलको विकास भएन। चीन विश्वकपका लागि नै छनौट हुन सकेन । त्यहाँ आफ्नो करियरको अन्त्य तिर पुगेका खेलाडीहरु छन् र शीर्ष प्रतियोगिताहरूमा पुग्न महत्वाकांक्षा नभएका खेलाडीहरु छन् ।”,उनले भने।

साउदी लिगमा क्रिस्टियानो रोनाल्डो, नेयमार, करिम बेन्जेमा, साडियो माने जस्ता कहलिएका खेलाडी छन्। साउदी लिगले पछिल्लो समय युरोपेली फुटबलका उदयीमान खेलाडीहरुलाई पनि भित्र्याउन थालिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *