June 14, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न कठीन बाटोबाट गुज्रनु पर्ने भएको छ। बिहिबार सम्पन्न च्याम्पियन्स लिग ड्र बाट पिएसजी कठीन समूहमा परेसंगै नकआउट पुग्न कठीन बाटोबाट गुज्रनु पर्ने भएको हो।

पिएसजी ‘ग्रुप अफ डेथ’ मा परेको छ। सो समूहमा जर्मन क्लब बोरुसिया डर्टमण्ड, इटालियन क्लब एसी मिलान र प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड रहेका छन्। डर्टमण्ड गत सिजन जर्मन बुन्डेसलिगाको उपविजेता बनेको टोली हो।

डर्टमण्डले गत सिजन केहि अंकले मात्र बुन्डेसलिगाको उपाधि गुमाएको थियो। त्यस्तै एसी मिलान पनि राम्रो टोली हो। इटालियन लिगमा चौंथो भएपनि मिलान गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगेको थियो।

उता न्यूक्यासल पनि बलियो टोली हो। गएको केहि सिजन देखि न्यूक्यासलले उच्च प्रदर्शन गरिरहेको छ। गत सिजन प्रिमियर लिगमा न्यूक्यासल चौंथो भएको थियो।

डर्टमण्ड, मिलान र न्यूक्यासल जस्ता टोली भएको समूह ‘एफ’ पार गरे नकआउटमा पुग्न पक्कै पनि पिएसजीलाई सहज हुने छैन। समूहचरणका कुनै पनि खेलमा कम्जोर प्रदर्शन पिएसजीको लागि भारी पर्न सक्छ।

यस्तै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी सहज समूहमा परेको छ। सिटीको समूह ‘जी’मा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *