June 14, 2024

एजेन्सी – विश्व विजेता अर्जेन्टिनाले यहि आउने साताबाट विश्वकप छनोटको यात्रा सुरु गर्दैछ। सन् २०२६ मा हुने विश्वकपका लागि दक्षिण अमेरिका तर्फको छनोट प्रक्रिया आगामी साताबाट सुरु हुन लागेको हो।

विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा विश्वकप विजेता अर्जेन्टिनाले इक्वेडर विरुद्ध खेल्नेछ भने दोस्रो खेलमा बोलिभियाको सामना गर्नेछ। विश्वकप छनोटका लागि अर्जेन्टिनाले ३२ सदसिय टोलीको घोषणा गरिसकेको छ।

लियोनेल मेस्सी, एन्जेल डि मारिया, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, इमिलियानो मार्टिनेज, लिसान्ड्रो मार्टिनेज, रोड्रिगो डे पल सहितका चर्चित खेलाडीहरुलाई समेटेर अर्जेन्टिनाले ३२ सदसिय खेलाडीको टोली घोषणा गरेको हो।

पहिलो क्वालिफायरको रुपमा अर्जेन्टिनाले सेप्टेम्बर ८ मा इक्वेडरको सामना गर्दैछ। सो खेल अर्जेन्टिनाको एस्टाडियो मोनुमेन्टलमा हुनेछ। त्यसपछि अर्जेन्टिना बोलिभिया तर्फ लाग्नेछ। त्यहाँ अर्जेन्टिना र बोलिभिया आमने-सामने हुनेछन्। सो खेल सेप्टेम्बर १३ मा हुनेछ।

कतारमा विश्वकप जितेयता अर्जेन्टिनाले चार मैत्रीपूर्ण खेल खेलेको छ। जसमद्ये सबै खेलमा अर्जेन्टिना विजयी भएको छ। सन् २०२६ मा विश्वकप उपाधिको रक्षा गर्ने योजनामा रहेको अर्जेन्टिना विश्वकप छनोटमा उच्च प्रदर्शन गर्ने योजनामा छ।

Goalkeepers: Emiliano Martínez (Aston Villa), Juan Musso (Udinese), Walter Benítez (PSV), Franco Armani (River Plate)

Defenders: Nahuel Molina (Atletico Madrid), Germán Pezzella (Real Betis), Gonzalo Montiel (Nottingham Forest), Juan Foyth (Villarreal), Marcos Senesi (Bournemouth), Lisandro Martínez (Manchester United), Cristian Romero (Tottenham Hotspur), Nicolás Tagliafico (Lyon), Nicolás Otamendi (Benfica), Lucas Esquivel (Athletico Paranaense, U23 team)

Midfielders: Leandro Paredes (AS Roma), Rodrigo De Paul (Atletico Madrid), Guido Rodríguez (Real Betis), Facundo Buonanotte (Brighton), Enzo Fernández (Chelsea), Alexis Mac Allister (Liverpool), Exequiel Palacios (Bayer Leverkusen), Bruno Zapelli (Athletico Paranaense, U23 team), Thiago Almada (Atlanta United)

Forwards: Nicolás González (Fiorentina), Lautaro Martínez (Inter), Ángel Correa (Atletico Madrid), Julián Álvarez (Manchester City), Alejandro Garnacho (Manchester United), Ángel Di María (Benfica), Lionel Messi (Inter Miami), Alan Velasco (FC Dallas, U23 team), Lucas Beltrán (Fiorentina, U23 team)

Leave a Reply

Your email address will not be published. Required fields are marked *