June 25, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सर्वसम्मत बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष बनाउने प्रयास भइरहेको छ। काठमाडौं जिल्ला क्रिकेट संघका सदस्यमा निर्वाचित भएपछि पारस सर्वसम्मत बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष बनाउ खोजिएको हो।

नेपाली क्रिकेटको पछिल्लो दशकको मुख्य शुत्रधार बनेका पारस खड्कालाई बागमती प्रदेशका ६ मध्ये चार जिल्लाको समर्थन रहेको बताइएको छ। उनको पक्षमा काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला रहेका छन्।

भक्तपुरका मनीषराज पाण्डे, मकवानपुरका करन महत क्षेत्री र ललितपुरका शेखर श्रेष्ठले पारसलाई समर्थक गर्ने निर्णय गरिसकेका छन्। पारसलाई चितवन र नुवाकोटबाट मात्र समर्थन मिलेको छैन।

कुल ३७ मतदाता रहेको बागमतीमा पारसलाई प्रदेश क्रिकेट संघको अध्यक्षमा सर्वसम्मत गर्नेगरी लविङ सुरु भइसकेको छ। सर्वसम्मत नभए चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले चनौती दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *