June 16, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँगको एक खेल गुमाउने भएका छन्। विश्वको छनोटका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीको जिम्मेवारीका लागि लागि फर्किनु पर्ने भएका कारण मेस्सीले मियामीसंगको एक खेल गुमाउने भएका हुन्।

अर्जेन्टिनाले आउने साताबाट दक्षिण अमेरिकाको विश्वकप छनोट खेल्दैछ। त्यसको लागि मेस्सी अर्जेन्टिना फर्किनेछन्। अर्जेन्टिनाको टोलीसँग रहेर मेस्सीले इक्वेडर र बोलिभियाको सामना गर्नेछन्।

मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीसंग हुँदा मियामीले लेजर सकर लिग अन्तर्गत स्पोर्टिङ कन्सास सिटीको सामना गर्नेछ। सो खेल मेस्सीले गुमाउनेछन्। मियामीले सो खेलमा मेस्सी बिना नै मैदानमा उत्रनेछन्।

स्पोर्टिङ कन्सास सिटी भन्दा अगाडीको खेलका लागि भने मेस्सी उपलब्ध हुनेछन्। मियामीले मेजर सकर लिग अन्तर्गतको आगामी खेलमा लस एन्जलस एफसीको सामना गर्नेछ। सो खेल पश्चात मेस्सी अर्जेन्टिनाका लागि प्रस्थान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *