June 14, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतदान पश्चात खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौं जिल्ला क्रिकेट संघका सदस्यमा निर्वाचित भएर बागमती प्रदेश क्रिकेट संघको अध्यक्षका लागि उम्मेदवारी दिएका खड्का बागमती प्रदेशको क्रिकेट संघको अध्यक्षमा निर्वाचित भए।

खड्काले २३ मत प्राप्त गरे। अध्यक्ष पदका अर्का उम्मेदवार उमेश पियालाई खड्काले ९ मतले पछि पारे। शुक्रबार सम्पन्न मतदानको नतिजा अनुसार पियाले १४ मत प्राप्त गरेका थिए।

बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले एक साता अगाडी नै पारसको पक्षमा खुलेका थिए। बागमती प्रदेशमा कुल ३७ मत रहेको थियो। हरेक जिल्लाबाट ४ प्रतिनिधिले मतदान गर्न पाउने नियम अनुसार मतदान गरिएको थियो।

बागमती प्रदेश कार्यसमितिका १३ जना समेत मतदान गरेका थिए। खड्काले नेपाली क्रिकेट जगतमा लामो समय देखि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। खड्काले क्रिकेटबाट सन् २०२१ मा सन्यास लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *