June 14, 2024

काठमाडौँ – नेपालकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) आवद्ध इजरायली क्लब हापोएल रानानाले घरेली शिर्ष लिगमा विजयी सुरुवात गरेको छ। सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा हापोएल रानानाले घरेलु लिगको पहिलो खेलमा सानदार जित निकालेको हो।

लिगात नाशिम, इजरायली महिला फुटबलको शीर्ष डिभिजन अन्तर्गत सिजनको पहिलो खेलमा सावित्र आवद्ध हापोएल रानानाले शुक्रबार रमाट हशारोनको सामना गर्यो।

सो खेलमा हापोएल रानाना ४-० को गोल अन्तरले विजयी भयो। खेलमा भएका सम्पूर्ण गोल सावित्रा भण्डारीले गरेकी थिइन्। पहिलो हाफमा कुनै गोल गर्न नसकेपनि सावित्राले दोस्रो हाफमा भने गोलवर्षा गरेकी थिइन्।

सावित्रा करिब एक महिना अगाडी इजरायल पुगेकी हुन्। शिर्ष डिभिजनको लिग सुरु हुनु अगाडी सावित्रा अथिना कपमा सहभागी भएकी थिइन्। सावित्र आवद्ध क्लब रानाना डिफेन्डिङ च्याम्पियन किर्याट गिलसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *