June 22, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अमेरिका पुगेपछि सबैको ध्यान यति बेला उनी तीर नै छ। मेस्सीको आगमन पछि अमेरिकामा फुटबल हेर्ने दर्शकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।

जसकारण मेस्सीको खेल हेर्नको लागि स्टेडियमहरु खचाखच हुने गरेका छन्। यति मात्र होइन मेस्सीको आगमनले टिकेटको मूल्य पनि महँगो भएको छ। मेस्सीका कारण टिकेटका मूल्य कयौं गुणाले बढेका छन्।

मियामीले आइतबार लस एन्जल्स एफसीको सामना गर्दैछ। सो खेलको टिकट अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भइरहेको विभिन्न अमेरिकी मिडियाहरुले जनाएका छन्।

मेस्सीको खेल हेर्नको लागि सबै भन्दा सस्तो टिकेट ६ सय ९० डलरमा विक्री भइरहेको बताइएको छ। टिकेटको माग उच्च हुँदा यो मूल्य अझ थप बढ्नेछ। मेस्सीको आगमन भन्दा अगाडी एमएलएसको महँगो टिकट औसतमा ११० डलर थियो।

मेस्सी जुलाईमा अमेरिका पुगेका थिए। त्यसयता उनले मियामीका लागि निरन्तर उच्च प्रदर्शन गरेका छन्। मेस्सीले मियामी पुगेपछिका धेरै खेलमा गोल गरेका छन्। मेस्सीले मियामी पुगेपछिका कुल १० खेलमा ११ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *