June 16, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार आवद्ध साउदी अरेबियन क्लब अल हिलाल साउदी प्रो लिगको शिर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति साविक विजेता अल इत्तिहादलाई पराजित गरेसँगै अल हिलाल शिर्ष स्थानमा उक्लिएको हो।

सात गोल भएको रोमान्चक खेलमा अल हिलालले अल इत्तिहादलाई ४-३ को गोल अन्तरले पराजित गर्यो। अल हिलाल अल इत्तिहाद विरुद्धको खेलमा राम्रो पोसेसन राख्दै जित निकालन सफल भयो।

अल हिलालको जितमा एलेक्जेन्डर मिट्रोभिकले ह्याट्रिक गरे भने सलेम अल्दावसारीले एक गोल गरे। त्यस्तै अल इत्तिहादका लागि रोमारिन्हो, करिम बेन्जमा र अबदेराजक हाम्दल्लाहले एक-एक गोल गरेका थिए। तीनै गोल पहिलो हाफमा भएका थिए।

पहिलो हाफमा अल हिलाल ३-१ को गोल अन्तरले पछि थियो। तर दोस्रो हाफमा ३ गोल गर्दै अल हिलालले खेल आफ्नो पक्षमा पार्यो। एक हिसाबले भन्ने हो भने हारिसकेको खेल अल हिलालले जित्यो।

पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट साउदी पुगेका नेयमारले खेल्न नसकेपनि अल हिलालले महत्वपूर्ण जित निकाल्न सफल भएको छ। अल हिलाल जारी सिजनमा अपराजित छ। यस सिजनका ५ मद्ये ४ खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ। अल हिलालको १३ अंक छ भने अल इत्तिहादको १२ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *