June 25, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर सिजनको पाँचौ खेलको लागि एक्सनमा उत्रँदैछ। साउदी प्रो लिगको नयाँ सिजनको पाँचौ खेलमा अल नासर अल हाजेम विरुद्ध एक्सनमा उत्रन लागेको हो।

अल नासर यति बेला साउदी प्रो लिगको छैठौं स्थानमा रहेको छ। नयाँ सिजनका चार खेल मद्ये २ खेलमा जित निकाल्दा अल नासरले २ खेलमा पराजय भोगेको छ। अल नासरको ६ अंक रहेको छ।

त्यस्तै अल नासरको सामना गर्ने अल हाजेम भने रेलिगेसन जोनमा छ। नवप्रवेशी अल हाजेमले यस सिजन कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। २ खेलमा हार र २ खेलमा बराबरी सहित २ अंक बनाएर अल हाजेम १७ औं स्थानमा छ।

शनिबार राति हुने खेलमा अल नासर पक्कै पनि क्लिन सिट राख्दै जित निकाल्ने दाउमा हुनेछ। साउदी प्रो लिगको नयाँ सिजनका दुई खेलमा गोल बेहोरेपनि अल नासरले पछिल्ला दुई खेलमा कुनै गोल बेहोरेको छैन।

पोर्चुगिज स्टार र साडियो माने चम्किँदा अल नासरले पछिल्ला दुई खेलमा ९ गोल गरिसकेको छ। अल हाजेम विरुद्ध पनि अल नासरले गोलवर्षा गरे अचम्म मान्नुपर्ने छैन।

अल हाजेम र अल नासर बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन १ एचडीमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *