June 16, 2024

एजेन्सी – नेपालको राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक एसिया कप खेल्दैछ। नेपाल इतिहाँसमै पहिलो पटक एसिया कपमा सहभागी भएको हो। एसिया कप पहिलो पटक खेलेपनि एसिया कपमा नेपाल छनोट भएको यो पहिलो पटक भने होइन।

नेपाल यस भन्दा अगाडी पनि एक पटक एसिया कपका लागि छनोट भएको थियो। सन् २००२ मै नेपालले एसिया कपमा स्थान बनाएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीमा उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।

तर त्यसबेला एसिया कपका खेलहरु नै भएनन्। एसिया कपका खेल नहुनुको कारण थियो भारत र पाकिस्तान बीचको तनाव। ‘कार्गिल’ युद्धका कारण भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण हुँदा एसिया कप नै रद्द भएको थियो।

पुनः एसिया कपमा पुग्न नेपाललाई २१ वर्ष लाग्यो। एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा पुगेको हो। नेपालले एसिया कपको पहिलो खेलमा पाकिस्तानको सामना गरिसकेको छ।

पाकिस्तान विरुद्धको खेलमा नेपाल २ सय ३८ रनले पराजित भइसकेको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमै अलआउट भएको हो। अब नेपालले एसिया कपमा भारतको सामना गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *