June 25, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमा आवद्ध अल इत्तिहादले शुक्रबार राति अल हिलालको सामना गर्यो। सिजनको पाँचौ खेलमा अल इत्तिहादले अल हिलालको सामना गरेको हो ।

अल हिलाल विरुद्धको खेलमा बेन्जेमा पनि सहभागी थिए। बेन्जेमाले अल हिलाल विरुद्ध उत्कृष्ट गोल गर्न सफल भए। उनले खेलको पहिलो हाफमा उत्कृष्ट गोल गरेका थिए।

खेलको ३८ औं मिनेटमा अहमद बामसौदले दिएको पासलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए। बेन्जेमाले ब्याकहिल गोल गरेका थिए। यधपी बेन्जेमाको गोल अल इत्तिहादलाई जिताउन भने पर्याप्त भएन।

बेन्जेमाको गोलले पहिलो हाफमा ३-१ को गोल अन्तरले अगाडी रहेपनि इत्तिहादले दोस्रो हाफमा तीन गोल बेहोर्यो। जससंगै अल अल इत्तिहादले सिजनको पहिलो हार बेहोर्न पुग्यो।

बेन्जेमा यसै समर ट्रान्सफर विन्डोमा साउदी पुगेका हुन्। साउदी प्रो लिगको साविक विजेता अल इत्तिहादका लागि उनले पाँच खेल खेलेका छन्। यस बीचमा औंले २ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *