June 14, 2024

एजेन्सी – एसिया कपको दोस्रो खेलमा पाकिस्तानले सानदार सुरुवात गरेको छ। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर बलिङमा उत्रिएको पाकिस्तानले भारत विरुद्ध सानदार सुरुवात गरेको हो।

खेलको सुरुवातमै पाकिस्तानले महत्वपूर्ण दुई विकेट लिन सफल भएको छ। पाकिस्तान रोहित शर्मा र विराट कोहलीको महत्वपूर्ण विकेट छोटो समयमै लिन सफल भयो। दुवै विकेट तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले लिएका हुन्।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए। रोहितले २२ बलमा २ चौका प्रहार गरे। त्यस्तै कोहली पनि उनलाई बलमा बोल्ड आउट भए।

सातौं ओभरको तेस्रो बलमा विराट कोहली अफ्रिदीको बलमा ४ रनमा बोल्ड आउट भएका हुन्। उनी आफ्नो ब्याटमा एज लागेर बोल्ड आउट भए। केहि दिन अगाडी पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो।

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *