June 16, 2024

एजेन्सी – टीम इन्डियाको ब्याटिङ धेरै हदसम्म रोहित शर्मा र विराट कोहलीको प्रदर्शनमा भर पर्ने गरेको छ। विभिन्न प्रतियोगिहरुमा शर्मा र कोहलीले भारतलाई उच्च योगफल तयार गर्न र उच्च रन चेज गर्न मद्दत गरेका छन्।

तर एसिया कप अन्तर्गत पाकिस्तान विरुद्धको खेलका क्रममा भने यो दुवै खेलाडी सास्तैमा आउट भए। शर्मा र कोहली दुवै एसिया कपमा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको शिकार बनेका हुन्।

कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए। अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए।

यसरी रोहित शर्मा र कोहली दुवै एक साथ फ्लप भएको पहिलो पटक भने होइन। रोहित शर्मा र कोहलीको जोडी निम्न पाँच पटक नराम्रोसंग फ्लप भएको थियो।

कहिले-कहिले ?

एकदिवसीय विश्वकप सेमिफाइनल विरुद्ध न्युजिल्याण्ड (सन् २०१९ – ओल्ड ट्राफोर्ड क्रिकेट मैदान, म्यानचेस्टर)

यो जोडी यस भन्दा अगाडी पनि विभिन्न पटक फ्लप भइसकेको छ। ओल्ड ट्राफोर्ड क्रिकेट मैदान, म्यानचेस्टरमा सन् २०१९ मा एकदिवसीय विश्वकप सेमिफाइनलमा यो जोडी फ्लप भएको थियो। न्युजिल्यान्डले भारतलाई दिएको २ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा रोहित मात्र एक रन बनाएर आउट हुँदा कोहलीले पनि एक रन मात्र जोडेका थिए।

इंग्ल्याण्ड विरुद्ध तेस्रो एकदिवसीय क्रिकेट सन् २०२२ (ओल्ड ट्राफोर्ड क्रिकेट मैदान, म्यानचेस्टर)

इंग्ल्याण्ड विरुद्धको तेस्रो एकदिवसीय खेलमा टिम इन्डियालाई सन् २०२२ मा २६० रनको लक्ष्य दिइएको थियो। सो पछ्याउने क्रममा रोहित र कोहलीले १७–१७ रन बनाएर आउट भएका थिए।

पाकिस्तान विरुद्धको च्याम्पियन्स ट्रफी फाइनल सन् २०१७ (द ओवल, लन्डन)

सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी फाइनलमा फखर जमानको शतकको सहयोगमा ५० ओभरमा ४ विकेट गुमाएर ३३८ रन बनाएको थियो। ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा कुनै रन नबनाई आउट हुँदा कोहली ५ रन बनाएर आउट भएका थिए।

अस्ट्रेलिया विरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनल सन् २०२२ ((द ओभल, लन्डन)

टीम इन्डिया लगातार दोस्रो संस्करणको लागि विश्व टेस्ट च्याम्पियनसिप (WTC) को फाइनलमा प्रवेश गर्न सफल भयो। अस्ट्रेलियाले पहिलो इनिङ्समा ४६९ रन बनाएको थियो। अष्ट्रेलियाको पेस आक्रमणले भारतीय शीर्ष क्रमलाई ध्वस्त पार्यो, रोहित शर्मा र विराट कोहलीले आफ्नो करियरको सबैभन्दा ठूलो टेस्टमा क्रमशः १५ रन र १४ रन मात्र बनाएर आउट भए।

टि २० विश्वकपको सुपर १२ मा न्युजिल्याण्ड विरुद्धको खेल २०२१ (दुबई अन्तर्राष्ट्रिय स्टेडियम, संयुक्त अरब इमिरेट्स)

पाकिस्तानसँगको सुरुवाती खेलमा लज्जास्पद पराजयपछि भारतले सुपर १२ समूह अन्तर्गत न्युजिल्याण्डको सामना गरेको थियो। सो खेल जित्नै पर्ने दबाबमा भारत थियो। तर रोहित शर्मा र विराट कोहलीले क्रमशः १४ रन र नौ रन मात्र बनाएर आउट भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *