June 25, 2024

एजेन्सी – प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति फुलहम युनाइटेडलाई पराजित गर्दै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीले फूलहमालाई ५-१ को गोल अन्तरले पराजित गर्यो। सिटीको जितमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डले तीन गोल गर्दा जुलियन अल्भारेज र नाथन एकेले एक-एक गोल गरे। फुलहमका लागि भने एक मात्र गोल टिम रियमले गरे।

पहिलो हाफमै २-१ को गोल अन्तरले अग्रता लिएको सिटीले दोस्रो हाफमा पनि गोल थपेको थियो। दोस्रो हाफमा सिटीले कुल ३ गोल थप्यो। सिटीका लागि हालाण्डले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए। हालाण्डले एक पेनाल्टीको मद्दतमा ह्याट्रिक पूरा गरेका हुन्।

सिटीले फुलहम विरुद्धको खेलमा बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गरेको थियो। सिटीले बलमा ६८ प्रतिशत नियन्त्रण राख्दा खेलभर कुल ७ प्रहार गरेको थियो। त्यसमद्ये ५ प्रहार टार्गेटमा थिए।

यस जितसंगै सिटीले १२ अंक जोडेको छ। सिटीले सन् २०२३-२४ सिजनमा कुनै पनि खेल हारेको छैन। उता पराजित फुलहमको भने ४ अंक छ। एक जित, एक बराबरी र दुई हार सहित फुलहम लिगको १३ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *