June 25, 2024

एजेन्सी – शनिबार राति ट्रेबल विनर म्यानचेस्टर सिटीले प्रिमियर लिगमा फुलहमको सामना गर्यो। सिटीले घरेलु मैदानमा फुलहम विरुद्ध गोलवर्षा गर्दै सानदार जित दर्ता गर्यो। सिटीको जितमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डले सानदार प्रदर्शन गरे।

हालाण्डले फुलहम विरुद्धको खेलमा सिटीको पहिलो गोलका लागि असिस्ट दिएका थिए। उनको पासमा जुलियन अल्भारेजले गोल गरेका थिए। पछि हालाण्डले दोस्रो हाफमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

एक पेनाल्टीको मद्दतमा हालाण्डले ह्याट्रिक पूरा गरेका हुन्। यससंगै प्रिमियर लिगमा हालाण्डको गोल योगदान ५१ पुगेको छ। ४२ गोल र ९ असिस्ट सहित हालाण्डको प्रिमियर लिग गोल योगदान ५१ पुगेको हो।

यससंगै हालाण्डले एक रेकर्ड पनि तोडेका छन्। प्रिमियर लिगमा सबै भन्दा छिटो ५० गोल योगदानको आँकडा पार गर्ने रेकर्ड हालाण्डले बनाएका हुन्। उनले यो रेकर्ड बनाउँदा एन्ड्रयू कोलको रेकर्ड तोडेका छन्। एन्ड्रयू कोलले कुल ४३ खेलमा ५० गोल योगदानको रेकर्ड बनाएका थिए।

तर हालाण्डले भने मात्र ३९ खेलमा ५० गोल योगदानको आँकडा पार परिसकेका छन्। हालाण्ड नयाँ सिजन सुरु भए लगतै उत्कृष्ट लयमा फर्किएका छन्। हालाण्डले चार खेलमा सिटीका लागि ६ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *