June 16, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले लालिगामा पुनः सनसनीपूर्ण जित निकालेको छ। शनिबार राति भएको खेलमा रियलले गेटाफे विरुद्ध सनसनीपूर्ण जित निकाल्न सफल भएको हो।

बराबरीमा टुंगिन लागिसकेको खेलमा इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले इन्ज्युरी समयमा गोल गर्दै रियलको जित पक्का गरे। रियलले घरेलु मैदानमा गेटाफेलाई २-१ को गोल अन्तरले पराजित गर्यो।

रियल म्याड्रिडकै पूर्व खेलाडी बोर्जा मायोरालको गोलको मद्दतले ११औं मिनेटमा अग्रता लिन सफल भएको थियो। त्यसपछि पहिलो हाफ भर कुनै पनि गोल भएनन्। तर दोस्रो हाफ सुरु भए लगत्तै रियलले बराबरी गोल फर्कायो।

रियलका जोसेलुले खेलको ४७ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसपछि रियलले निरन्तर आक्रमणको प्रयास गरेपनि गोल गर्न सकेन। तर निर्वाधित समय पछि थप भएको पाँचौ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियलको जित पक्का गरे।

रियलले लालिगाको नयाँ सिजनमा शतप्रतिशत जित निकालिरहेको छ। ४ खेलमा जित निकालेर १२ अंक बनाउँदै रियल लालिगाको शिर्ष स्थानमा छ। पराजित गेटाफे भने ४ अंक सहित १४ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *