June 14, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। शनिबार राति पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले सानदार जित निकाल्न सफल भएको हो।

शनिबार राति अल नासरले अल हाजमलाई ५-१ को गोल अन्तरले पराजित गर्यो। अल नासरको जितमा ५ खेलाडीले गोल गरे। पहिलो हाफमा २ गोल मात्र गरेको अल नासरले दोस्रो हाफमा ३ गोल थपेको थियो।

अल नासरका लागि रोनाल्डो,साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले एक-एक गोल गरे। अल हाजमको तर्फबाट एक मात्र गोल मुहमद बाडामोसीले गरेका थिए।

अल नासरको जितमा रोनाल्डोले महत्वपूर्ण भूमिका निभाएका थिए। शनिबार राति उनले एक गोलका अलावा २ असिस्ट पनि दिएका थिए। ओटाभियो र घरीबको गोल रोनाल्डोको पासमा सम्भव भएका थिए।

यस जितसंगै अल नासरले लगातार तेस्रो खेलमा जित निकालेको छ। साउदी प्रो लिगका सुरुवाती २ खेलमा हार बेहोरेपनि त्यसयताका खेलमा ल नासर पराजित भएको छैन। अल नासर ९ अंक सहित लिगको छैठौं स्थानमा छ। पराजित अल हाजम भने लिगको पुछारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *