June 22, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज आर्सनल र म्यानचेस्टर युनाइटेड आमने-सामने हुँदैछन्। प्रिमियर लिगको नयाँ सिजनको चौंथो खेलका लागि आर्सनल र युनाइटेड आमने-सामने हुन लागेका हुन्।

आर्सनल अहिले प्रिमियर लिगको छैठौं स्थानमा छ भने युनाइटेड लिगको १० औं स्थानमा रहेको छ। आर्सनलले नयाँ सिजनमा ३ तीन मद्ये २ खेलमा जित र १ खेलमा बराबरी सहित ७ अंक बनाएको छ। जबकी युनाइटेडले दुई खेलमा जित र एक खेलमा हार सहित ६ अंक बनाएको छ।

आर्सनल र युनाइटेड बीचको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ। आर्सनलले अन्तिम दुई सहित म्यान युनाइटेड विरुद्ध आफ्नो अन्तिम पाँच घरेलु लिग खेलहरूमध्ये चार जितेको छ। म्यानचेस्टर युनाइटेडले आर्सनल सँगका पछिल्लो नौ प्रिमियर लिग खेलहरु मद्ये पाँच हारेको छ।

आर्सनलले आफ्नो पछिल्लो २४ प्रिमियर लिग घरेलु खेलहरू मद्ये दुई खेलमा मात्र हारेको छ। म्यानचेस्टर युनाइटेडले अन्तिम सात प्रिमियर लिग खेलहरू मध्ये छ जितेको छ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ। खेल नेपाली समय अनुसार रातको ९ बजेर १५ मिनेटमा इमिरेट्स स्टेडियमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *